२ हजार ७ सयले बढ्यो सुनको मूल्य, चाँदीमा ५० रुपैयाँको वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।