जडिबुटीमा अतिक्रमित संरचना हटाउँदा तनाव, डोजरमाथि ढुंगा प्रहार

ढुंगा प्रहारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी केही प्रहरी कर्मचारी घाइते भएका छन् ।

काठमाडौं । काठमाडौं उपत्यकाको जडिबुटी क्षेत्रमा अतिक्रमित भूमि खाली गर्ने 

क्रममा तनाव उत्पन्न भएको छ । भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरी बस्ती हटाउने प्रयास भइरहेका बेला स्थानीयले विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी केही प्रहरी कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अवस्था असामान्य बनेसँगै प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ । यसअघि काठमाडौंका थापाथली र सिनामंगल क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रममा भने स्थिति सामान्य रहेको थियो। ती स्थानमा बस्ती खाली गराउने काम शान्तिपूर्ण रूपमा अघि बढाइएको जनाइएको छ ।