गैरीगाउँको सुकम्वासी बस्ती हटाइयो

खोला किनार अतिक्रमण गरी निर्मित संरचना र बस्ती भत्काउने सरकारको अभियानअनुसार शनिबार (वैशाख १२) गैरीगाउँको सुकुम्वासी बस्ती पनि डोजर लगाएर हटाइएको हो ।

काठमाडौं । काठमाडौँ महानगरपालिका-९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । खोला किनार अतिक्रमण गरी निर्मित संरचना र बस्ती भत्काउने सरकारको अभियानअनुसार शनिबार (वैशाख १२) गैरीगाउँको सुकुम्वासी बस्ती पनि डोजर लगाएर हटाइएको हो । आज दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । बस्ती हटाउने क्रममा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।