‘डोजर आतंक बन्द गर’ भन्दै थापाथलीमा सुकुमवासीको सरकारविरुद्ध नाराबाजी
स्थानीय र ‘जेनजी’ अभियन्ताहरुले बिहानैदेखि प्लेकार्ड बोकेर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं । सरकारले सुकुमवासी बस्ती खाली गराउन दिएको निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ । स्थानीय र ‘जेनजी’ अभियन्ताहरुले बिहानैदेखि प्लेकार्ड बोकेर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।
उनीहरूले रास्वपाका सभापति रवि लामिछानेलक्षित ‘छाती थाप्न आऊ’ भन्दै पनि नाराबाजी गरेका छन् । सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् ।