सुनको भाउ आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो ।