सुन तोलामा १ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीमा ११० रुपैयाँको गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो ।
हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।