इन्धन अभावमा बढ्यो पेट्रोल कारको माग, सरकारको उच्च प्राथमिकता र इन्धन संकटकाबीच किन घटिरहेको छ विद्युतीय गाडीको आयात ?

सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता राखेर पुराना इन्धन गाडीलाई समेत ईभी बनाउन बाटो खोलेको अवस्थामा पनि इन्धन कारको आयात बढेको हो । पछिल्लो समय इन्धन संकट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढ्दा अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताइृन्छ ।

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ( महिनामा १६ अर्ब ६६ करोड बरारबरको विद्युतीय कार (ईभी) आयात भएको छ ।  

चालु आवमा ५० किलोवाटसम्मका २ हजार ५ सय ६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५ सय ७४ र २०१ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् । यसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजश्व उठाएको छ ।

चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा भने वृद्धि देखिएको छ । ९ महिनाको अवधिमा ४ हजार १ सय ४० युनिट पेट्रोल कार आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म कुल २ हजार ७ सय ४२ युनिट पेट्रोल कार आयात भएको थियो ।

बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता राखेर पुराना इन्धन गाडीलाई समेत ईभी बनाउन बाटो खोलेको अवस्थामा पनि इन्धन कारको आयात बढेको हो । पछिल्लो समय इन्धन संकट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढ्दा अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताइृन्छ ।