इराकबाहेकका पश्चिम एसियाका देशमा पुनः श्रम स्वीकृति खुला

विभागले जारी गरेको सूचनाअनुसार यसअघि क्षेत्रीय विषम परिस्थितिका कारण साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशमा अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको थियो ।

काठमाडौँ । पश्चिम एसियाका विभिन्न देशका लागि श्रम स्वीकृति पुनः खुला गरिएको छ । विभागले जारी गरेको सूचनाअनुसार यसअघि क्षेत्रीय विषम परिस्थितिका कारण साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशमा अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयको मन्त्रिस्तरीय निर्णयानुसार इराकबाहेकका देशहरूमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण) पूर्ववत अवस्थामा खुला गरिएको हो ।

इराकको हकमा भने मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नै प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । विभागले उक्त निर्णयबारे सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराएको पनि जनाएको छ ।