नेप्से १३.१७ अंक घट्दा ५ अर्ब ४३ करोडको कारोबार, ४ कम्पनीमा सकारात्मक सर्किट
नेप्से परिसूचक आज १३.१७ अंक घटेर २८२५.२३ विन्दुमा झरेको छ । आज ५ अर्ब ४३ करोड ४२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज १३.१७ अंक घटेर २८२५.२३ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब ४३ करोड ४२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । गत शुक्रबार भने ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आजको कारोबारमा ६५ कम्पनीको सेयरमूल्य बढ्दा १९७ वटाको घटेको छ । बाँकी ६ वटाको सेयरमूल्य भने स्थिर रहेको छ । कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था आजदेखि लागु भएसँगै ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ ।
१५ प्रतिशत मूल्य बढेका कम्पनीमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर रहेका छन् । दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ५.३५ तथा एसियन हाइड्रोपावरको ४.५० प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको ३० करोड रुपैयाँ बराबरको को सेयर कारोबार भएको छ ।