अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौँमा

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री एस। पाउल कपुर नेपाल आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।

तीन दिने भ्रमणका लागि आएका कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा रहँदा उनले पाटन दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम पनि छ ।

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।