इजरायल, कुवेत, बहराइन र लेबनानको लागि पुनः श्रम स्वीकृति सुचारु
वैदेशिक रोजगार विभागले बुधबार (वैशाख २) जारी गरेको विज्ञप्तिअनुसार गत चैत ३० गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रीस्तरीय निर्णयानुसार चार देशका पुनः श्रम स्वीकृति कार्य सुचारु गरिएको हो ।
काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि इजरायल, कुवेत, बहराइन र लेवनानको पुनः श्रम स्वीकृति कार्य सुचारु गरेको छ ।
वैदेशिक रोजगार विभागले बुधबार (वैशाख २) जारी गरेको विज्ञप्तिअनुसार गत चैत ३० गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रीस्तरीय निर्णयानुसार चार देशका पुनः श्रम स्वीकृति कार्य सुचारु गरिएको हो ।
अमेरिका-इजरायल र इरानबीच युद्ध चर्किएपछि सरकारले २०८२ फागुन १७ गते मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।
यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयले साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु गरिएको थियो ।
विभागका अनुसार इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस ११ को निर्णयअनुसार हुनेगरी श्रम स्वीकृति दिइने मन्त्रालयले चैत ३० गते निर्णय गरेको छ।