दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयको जिम्मेवारी रामजी यादव लाई दिइएको छ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयको जिम्मेवारी रामजी यादव लाई दिइएको छ। उक्त मन्त्रालय यसअघि दीपक साह बर्खास्त भएपछि रिक्त रहेको थियो ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारी यादव लाई प्रदान गरिएको छ । सो मन्त्रालय यसअघि प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए । उनीहरूको शपथ पनि आजै हुने छ । 

रामजी यादव सप्तरी-२ बाट निर्वाचित सांसद हुन् भने गौरी कुमारी यादव महोत्तरी-४ बाट निर्वाचित भएकी हुन् ।