२१ कम्पनीलाई तत्काल नवीकरण शुल्क र जरिवाना बुझाउन नेप्सेको आग्रह

निरन्तर अटेरी गरेमा धितोपत्र सूचीकरण नियमावलीअनुसार कारोबारमा प्रतिबन्ध, सूचीकरण निलम्बन वा खारेजीसम्मका कदम चालिन सक्ने प्रावधान रहेको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाउने २१ कम्पनीको सूची सार्वजनिक गरेको छ ।

नेप्से एक सूचना जारी गर्दै ती कम्पनीको नाम सार्वजनिक गरेको छ। योसँगै ती कम्पनीलाई बाँकी बक्यौता रकम जरिवानासहित बुझाउन नेप्सेले ताकेता गरेको छ । यसका लागि ती कम्पनीलाई पत्रसमेत पठाइसकेको नेप्से जनाएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएका सूचीकृत कम्पनीले ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका सूचीकृत कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । नेप्सेले तोकेको समयसीमाभित्र शुल्क नबुझाए कम्पनीहरू थप कारबाहीको जोखिममा पर्नेछन् । निरन्तर अटेरी गरेमा धितोपत्र सूचीकरण नियमावलीअनुसार कारोबारमा प्रतिबन्ध, सूचीकरण निलम्बन वा खारेजीसम्मका कदम चालिन सक्ने प्रावधान रहेको छ ।