यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला

युनाइटेड अजोड इन्स्योरेन्सले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।  

कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । 

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।