सुन तोलाको ७ हजार २ सयले बढ्यो, चाँदीमा २०५ रुपैयाँको वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७ हजार २ सयले बढेर २ लाख ९९ हजारमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७ हजार २ सयले बढेर २ लाख ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैँयामा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ८२० मा कारोबार भएको थियो ।