परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदुत माओमिङको भेटवार्ता

मंगलबार बिहान परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यी को तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश समेत हस्तान्तरण गरेका थिए ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार बिहान परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यी को तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश समेत हस्तान्तरण गरेका थिए ।

भेटका क्रममा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितमा आधारित सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।