भृकुटी स्टक ब्रोकिङ कम्पनी निलम्बनमा
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा बोर्डले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ (ब्रोकर नम्बर ५५) लाई निलम्बन गरेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेको रकम नदिएर सोही रकमले विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर किनिदिएको, नियामक निकायको निर्देशन पालना नगरको, विद्यमान कानुन विपरीत काम गरेको लगायत आरोपमा बोर्डले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।
बोर्डले ब्रोकरलाई ३ महिनाको लागि निलम्बन गर्ने र धितोपत्र ऐन अनुसार आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।
यस निर्णयसँगै भृकुटी स्टक ब्रोकिङले अर्को सूचना नआएसम्म कुनै पनि सेयर कारोबार गर्न पाउने छैन । काठमाडौँसहित देशका १० स्थानबाट सेवा दिँदै आएको कम्पनीका ग्राहकहरू यस निलम्बनबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।