सेयर बजारमा गिरावट आएपछि ब्रोकरले गुहारे सरकार, अर्थमन्त्रीलाई दिए ५ बुँदे सुझाव
सोमबार नेपाल स्टक ब्रोकर एशोसिएसन अफ नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग धितोपत्र दलाल व्यवसायीहरुका समस्या समाधान गरिदिन माग गरेका हुन् ।
काठमाडौँ । नयाँ सरकार गठनपछि सेयर बजारमा देखिएको २७४ अकको गिरावट आएपछि ब्रोकरहरुले सरकारलाई गुहारेका छन् । सोमबार नेपाल स्टक ब्रोकर एशोसिएसन अफ नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग धितोपत्र दलाल व्यवसायीहरुका समस्या समाधान गरिदिन माग गरेका हुन् । एशोसिएसनको तर्फबाट पुँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझावहरु अविलम्ब कार्यन्वयन गर्न, बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गर्न माग गरेका छन् । गैर अवसिय नेपाली नगरिकलाई पनि दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्ने व्यवस्था गर्न, यसै बजेटमार्फत् पुँजीगत लाभकरलाई अन्तिम कर हो भनि प्रष्ट पार्न र बजारमा हाल साना लगानीकर्ताहरुको मनोबल बढाउनको लागि सरकारी संस्थानहरुमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज रुपमा लगानी गर्ने वातावरण बनाइदिन समेन एसोसिएसनले माग गरेको छ । बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको परिप्रेक्षमा बिक्री गरी धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्ता मारमा पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केटको यथाशिघ्र सुरुवात गरिनुपर्ने र सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोगको लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेकोले सो कार्यविधि विगत लामो समय देखि कार्यन्वयनमा आउन नसकेको कारण नियामक निकायहरुलाई आवश्यक निर्देशन दिनसमेन धितोपत्र दलाल व्यवसायीले माग गरेका छन् । स्टक ब्रोकर्स एशोसिएसनको मागको सम्बोधन गर्दै अर्थमन्त्री डा.वाग्लेले सेयर लगानीकर्ताको हितका लागि काम गर्ने तत्पर रहेको बताउँदै निराश नभई लगानी गर्ने आग्रह गरेका थिए ।