सुनको मूल्य २ हजार ६ सयले घट्दा चाँदीमा ५० रुपैयाँको गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २ हजार ६ सयले घटेर २ लाख ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २ हजार ६ सयले घटेर २ लाख ९१ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर ४ हजार ७८० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ८३० मा कारोबार भएको थियो ।