१०५ अंकले घट्दै नेप्से २६७६ बिन्दुमा, १२ अर्ब ३८ करोडको कारोबार
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंक अर्थात् ३.७९ प्रतिशतले घटेर २६७६.६८ बिन्दुमा खुम्चिएको छ । । आइतबार नेप्सेमा कुल १२ अर्ब ३८ करोड माथिको कारोबार भएको छ ।
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंक अर्थात् ३.७९ प्रतिशतले घटेर २६७६.६८ बिन्दुमा खुम्चिएको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्सेमा कुल १२ अर्ब ३८ करोड माथिको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा कुल ८ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आइतबार रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी , होटल फरेस्ट इन , सुपर खुदी हाइड्रोपावर र सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागको छ । त्यस्तै, आइतबार नारायणी विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डिय माइक्रो लाइफ, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबार पनि हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै सर्वाधिक भएको छ । यस कम्पनीको आज ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आजको कारोबारमा ७ कम्पनीको शेयरमूल्य बढ्दा २६१ वटाको घटेको छ ।