सामसङ नेपालद्वारा नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ योजना सार्वजनिक

काठमाडौं — नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अत्यन्तै आकर्षक र सुविधासम्पन्न प्रवर्द्धनात्मक अभियान ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ घोषणा गरेको छ। नेपाली उपभोक्ताहरूलाई आधुनिक प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (AI) युक्त उपकरणहरूमा सहज पहुँच पुऱ्याउने उद्देश्यले कम्पनीले यो योजना अघि सारेको हो। अप्रिल १, २०२६ बाट सुरु भएको यो विशेष अफर आगामी मे १४ सम्म देशभरका आधिकारिक शोरुमहरूमा लागू हुनेछ।

यस अभियानको मुख्य आकर्षणका रूपमा सामसङले आफ्ना प्रिमियम टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा भारी नगद छुट र विशेष उपहारहरूको व्यवस्था गरेको छ। कम्पनीका अनुसार ग्राहकले नयाँ भिजन एआई टिभीको खरिदमा २५ प्रतिशतसम्म, अत्याधुनिक वासिङ मेसिनहरूमा २३ प्रतिशतसम्म र विभिन्न रेफ्रिजरेटरहरूमा १७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। घरायसी कामलाई सहज बनाउने लक्ष्यका साथ ल्याइएको यस योजनामा ग्राहकको सुविधाका लागि उपहारको पनि व्यवस्था गरिएको छ। जसअन्तर्गत निश्चित मोडेलका टेलिभिजन खरिद गर्दा १२ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज र वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक पाउडर उपहारस्वरूप प्रदान गरिनेछ।

सामसङले आफ्ना विभिन्न उत्पादन श्रेणीहरूमा भिन्न-भिन्न छुटको प्रावधान राखेको छ। प्रिमियम क्युएलइडी (QLED) टिभीहरूमा २५ प्रतिशतसम्मको छुट उपलब्ध छ भने मध्यम वर्गीय परिवारका लागि लक्षित यूएचडी (UHD) र एफएचडी (FHD) टिभीहरूमा पनि आकर्षक सहुलियत दिइएको छ। त्यसैगरी, 'एआई इकोबबल' प्रविधि भएका वासिङ मेसिन र विभिन्न क्षमताका रेफ्रिजरेटरहरूमा पनि उल्लेख्य मूल्य कटौती गरिएको छ, जसले गर्दा नयाँ वर्षमा घरका उपकरणहरू अपग्रेड गर्न चाहनेहरूलाई थप प्रोत्साहन मिल्ने देखिन्छ।

आर्थिक सहजताका लागि कम्पनीले यसपटक २४ महिनासम्मको विस्तारित ईएमआई (EMI) योजना समेत प्रस्तुत गरेको छ। ५०,००० रुपैयाँभन्दा माथिको खरिदमा ४० प्रतिशत डाउनपेमेन्ट गरी ग्राहकले यो सुविधा लिन सक्नेछन्। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा सञ्चालित 'सामसङ इन्स्टा फाइनान्स' मार्फत १२ महिनाको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरको सुविधा उपलब्ध छ भने २४ महिनाको अवधिलाई रोज्ने ग्राहकका लागि वार्षिक ७.९९ प्रतिशत ब्याज लाग्ने कम्पनीले जानकारी दिएको छ।

नयाँ उपकरण खरिद गर्न चाहने तर पुराना उपकरण व्यवस्थापनको चिन्तामा रहेका ग्राहकका लागि 'अर्कोस्टोर' मार्फत सञ्चालित एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। यसले पुराना उपकरणको उचित मूल्याङ्कन गरी नयाँ प्रविधिमा फड्को मार्न सहज बनाउनेछ। गुणस्तरीय प्रविधि र सरल भुक्तानी प्रक्रियाको यो समिश्रणले नेपाली बजारमा सामसङको उपस्थितिलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।