दिपक भट्ट र ब्रोकर नं. ५५ सँग कुनै कारोबार नभएको नेपाल लाइफ इन्स्योरेन्सको दाबी
नेपाल लाइफ इन्स्योरेन्सले दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको दाबी गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको दाबी गरेको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा कुनै सत्यता नभएको बताएको हो ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दिपक भट्टले नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी धितोपत्र दलाल नं.५५ (भृकुटी स्टक ब्रोकर) मार्फत नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको सेयर खरिद गरेको भन्ने समाचार प्रकाशित भएका थिए । इन्स्योरेन्सले सो अनुसार कुनै कारोबार नभएको र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको बताएको छ।