व्यवसायी दीपक भट्ट पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चर्चित व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई चैत १५ गते अध्यागमन विभागले कालोसूचीमा राखेको थियो ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चर्चित व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबी प्रमुख मनोज केसीले पुष्टी गरे ।
भट्टलाई चैत १५ गते अध्यागमन विभागले कालोसूचीमा राखेको थियो । भट्ट माथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।