७४.७३ अंकले घट्यो नेप्से, १२ अर्ब १० करोडको कारोबार
नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा कुल १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा कुल १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल १० अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको घटेको छ । आज ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी छन् ।