सामसङ नेपालले ल्यायाे नयाँ वर्ष अफर : टिभीमा २५% सम्म छुट, २४ महिना EMI र आकर्षक उपहार योजना

यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ । यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क उपलब्ध छ ।

काठमाडाैँ । सामसङ नेपालले ‘Smart Ghar, Smart Suruwat’ अफर अभियान घोषणा गरेकाे छ । यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ । विश्वकै नम्बर १ Vision AI टिभी र Bespoke AI होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूमा समावेश छन् ।  यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ । यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क उपलब्ध छ । त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६kg Surf Excel Matic पक्का उपहारको रूपमा नि:शुल्क पाइन्छ ।

अब नयाँ २४ महिना EMI योजनासँग सामसंगका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन् । ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन् । यो नयाँ योजनाले १२ महिना EMI को तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ ।

Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित, सामसंग इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिना EMI योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिना EMI विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागू हुन्छ ।

साथै, नयाँ सामसंगटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत सामसंगरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन् ।