काठमाडौं–दिल्ली उडानमा नेपाल वायुसेवा निगमको विस्तार, अब हप्तामा १० उडान

उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन् । निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ ।

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ । यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । हाल आरए २१७/२१८ उडान नम्बरबाट दैनिक एउटा उडान भइरहेकोमा अब आरए २०५/२०६ बाट हप्ताको थप तीन दिन उडान हुनेछ ।

उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन् । निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ ।