रास्वपा सरकारलाई सेयर बजारले गरेन स्वागत, नेप्से ७१ अंकले घट्दा १५ अर्बको कारोबार

आज नेप्से ७१.०५ अकंले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

काठमाडौँ । नयाँ सरकारको पहिलो कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी गिरावट देखिएको छ । बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उछालको अपेक्षा धेरै लगानीकर्ताले राखेका थिए । तर, लगानीकर्ताको ती अपेक्षालाई तोड्दै बजारले उल्टो लय समातेको छ ।

आज नेप्से ७१.०५ अकंले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँको कारोबार भएको हो । गत साताको बिहीबार भने नेप्सेमा दिन १३ अर्ब १६ करोड  कारोबार भएको थियो । आइतबार १० कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको घटेको छ । १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा भुजुङ हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक ६.१७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७१ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ५२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ