जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्ययन समिति बनाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्ययन समिति बनाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

शुक्रबार बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आयोगको प्रतिवेदन सञ्चारमाध्यममार्फत बाहिरिएसँगै दोषीलाई कडा कारबाही गर्न माग भइरहेका बेला सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।