महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा
महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् ।
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले राजीनामा बुझाएकी हुन् । भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २९ भदौमा महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । सरकार परिवर्तन भएसँगै महान्यायाधीवक्ताले राजीनामा दिने परम्पराअनुसार भण्डारीले राजीनामा दिएकी हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् । करिब साढे ६ महिना सार्वजनिक पदमा रहदा सबैभन्दा बढी विवादास्पद निर्णय गरेकी सरकारी पदाधिकारीमा पर्छिन् । महान्यायाधिवक्ता भण्डारीले उनले आफ्नो कार्यकालभर कयौं विवादास्पद निर्णय गरिन् ।
महान्यायाधिवक्ता भण्डारी जोडिएका कम्तिमा पाँचवटा निर्णयहरू विवादास्पद छन् । आफू र छोरी जोडिएको होप फर्टिलिटीको डिम्ब तस्करी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।