निर्वाचन परिणाम अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ : ओली
‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् ।
एमालेका नवनिर्वाचित सांसदलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘अहिले नै धेरै टिप्पणी गर्ने बेला भएको छैन । तर यो निर्वाचन अनपेक्षित, अस्वाभाविक अपत्यारिलो र जादुमय छ । यसमा एउटा हाम्रा विरोधीले अथवा हाम्रा उद्देश्यका विरोधीले सुखी नेपाल, समृद्धि नरुचाउनेले, शान्तिपूर्ण, न्यायपूर्ण समाज स्थपना नचाहनेले देशमा घृणाको राजनीति गरे,’ ओलीले भने, ‘राजनीतिलाई घृणाद्वारा स्थापित गर्ने खेतीमा लागे । यसमा धेरैतिरको सहयोग उनीहरूलाई भयो । हामीले राम्रो काम गरेको हुनाले सम्पूर्ण प्रहार केन्द्रित भयो ।’