नेप्से १४.२१ अंकले बढ्यो, कारोबार भने १३ अर्ब १६ करोडमा सीमित
बिहीबार नेप्से परिसूचक १४.२१ अंक बढेर २९५०.१६ विन्दुमा पुगेको हो । आज ३४३ स्टकको १ लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँबराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । बिहीबार नेप्से परिसूचक १४.२१ अंक बढेर २९५०.१६ विन्दुमा पुगेको हो । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । आज ३४३ स्टकको १ लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँबराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । हिजो भने १५ अर्ब ९ करोडको कारोबार भएको थियो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै नेसनल हाइड्रोपावरको ६.२४, रिडी पावरको ६.१९ तथा शुभम पावरको ५.८० प्रतिशत मूल्य बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९४ करोड २९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको करिब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको हो । आज १७८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने ८ को स्थिर रह्यो ।