स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कालंगा हाइड्रोको आईपीओ खुला

कम्पनीले स्थानीयलाई १४ लाख कित्ता सेयर वितरण गरेको छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीलाई ३ लाख ५० हजार कित्ता सेयर निष्काशन गरिएको छ ।

काठमाडौं । कालंगा हाइड्रोले आज चैत्र १० गतेदेखि आफ्नो पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । यस चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरिएको छ । कम्पनीले स्थानीयलाई १४ लाख कित्ता सेयर वितरण गरेको छ । स्थानीय आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदनको प्रारम्भिक अवधि चैत्र २४ गतेसम्म रहेको छ भने यदि पर्याप्त आवेदन नपुग्यो भने वैशाख ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीलाई ३ लाख ५० हजार कित्ता सेयर निष्काशन गरिएको छ । यस समुहमा आवेदन न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म दिन सकिन्छ । वैदेशिक रोजगारी समूहका लागि आवेदनको अन्तिम म्याद चैत्र १५ गतेसम्म तोकिएको छ । पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्ड ले फागुन २५ गते कालंगा हाइड्रोलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।