सालमनीदेवी हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

काठमाडौँ । सालमनीदेवी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे । सालमनीदेवी हाइड्रोपावरले डोटी जिल्लामा रहेको ३।३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।