सुन तोलाको ६५ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४ हजार ४२५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ५४० मा कारोबार भएको थियो ।