सार्वजनिक भयो २०८३ सालको बैंक बिदाको सूची, कुन–कुन दिन बन्द रहनेछन् बैंकहरू ?

नेपाल राष्ट्र बैंकले साल २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले तयार पारेको उक्त सूची अनुसार दसैं र तिहार लगायतका अवसरमा बैंकहरू बन्द रहनेछन् ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले तयार पारेको उक्त सूची अनुसार दसैं र तिहार लगायतका अवसरमा बैंकहरू बन्द रहनेछन् । राष्ट्र बैंकका अनुसार नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते बैंक बिदा हुनेछ। त्यस्तै, वैशाख १८ गते पर्ने विश्व मजदुर दिवस ९मे १० मा पनि सार्वजनिक बिदा दिइएको छ । दसैंको अवसरमा ७ दिन र तिहारमा ५ दिन बैंक बन्द रहनेछन् । दसैं बिदाअन्तर्गत असोज २५ गते घटस्थापनादेखि असोज ३१ गते फूलपाती हुँदै कात्तिक ६ गते द्वादशीसम्म बैंक बन्द रहनेछ। त्यसैगरी तिहारमा कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकासम्म बिदा दिइएको छ ।

प्रत्येक शनिबार बैंकहरू बन्द रहनेछन् भने शुक्रबार आधा दिन मात्र सेवा प्रदान गरिनेछ। साथै, प्रदेश सरकारले आफ्नो क्षेत्रमा अधिकतम ६ दिनसम्म थप सार्वजनिक बिदा घोषणा गर्न सक्नेछ। यदि सोभन्दा बढी बिदा घोषणा गरिएमा, काठमाडौं उपत्यकाका तीन जिल्लाका हकमा गृह मन्त्रालयको निर्णयअनुसार लागू हुनेछ ।

यसैबीच राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ्ग कारोबार समय पनि निर्धारण गरेको छ। २०८३ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि १ः३० बजेसम्म हुनेछ । 

प्रकाशन भएका दस्तावेजहरू

69bf95b7da3e9_1774163383.pdf