तरलता व्यवस्थापनमा सकस, राष्ट्र बैंकले एकैदिन ५० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले १४ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले १४ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलपत्र पेश गर्न सक्नेछन् । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
संकलित निक्षेपको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी २०८२ चैत २२ गते गरिनेछ । यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा, निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै क्रमशः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।