शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार २६० जनाले पाए सेयर

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६ सय कित्ता सेयर सार्वजनिक निष्काशन गरेको थियो । २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ जनाको आवेदकलाई मात्र आईपीओ बाँडफाँडका लागि योग्य ठहर्याईएको थियो ।

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडद्वारा निष्काशन गरिएको प्रारम्भिक सार्वजनिक प्रस्ताव ((आईपीओ)को बाँडफाँड सम्पन्न भएको छ । बाँडफाँडबाट १ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान आईपीओ बाँडफाँडका क्रममा जानकारी गराएको छ ।