रास्वपाका समानुपातिक सांसदको नाम आयोगबाटै सार्वजनिक हुन्छ : प्रवक्ता मनिष झा

आज बसेको सचिवालय बैठकले समानुपतिक सांसद छनौट गरेको, आजै आयोगमा बुझाउने र निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

काठमाडौं । रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ । आज बसेको सचिवालय बैठकले समानुपतिक सांसद छनौट गरेको, आजै आयोगमा बुझाउने र निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फ चारजनाको नाम टुंगो लगाइएको उनले जानकारी दिए । यसमध्ये ४८ महिला रहेका उनले बताए ।

प्रवक्ता झाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा आफुहरु प्रतिबद्ध रहेको बताउदै अन्यथा विश्लेषण नगर्न आग्रह गरेका थिए । 

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका थिए । 

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ ।