सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।