ज्ञानेन्द्र शाहीको चुनावी खर्च २० लाख ५५ हजार
जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।
काठमाडौं । जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् । उनले सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार खर्च भएको उल्लेख गरेका छन् भने पालिका स्तरीय भेटघाट र आमसभामा ३ लाख ५० हजार, स्पिकर, मिडिया र स्टेसनरीमा ३ लाख, पालिका स्तरीय घरदैलोमा २ लाख ८० हजार, जिल्ला स्तरीय आमसभा २ लाख २५ हजार, ब्यानर र नमुना मतपत्रमा २ लाख २० हजार, युवा परिचालनमा ८० हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण पेश गरेका छन् ।