२८ सय सुनको मूल्य घट्दा चाँदीमा भने सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २८ सयले घटेर ३ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५ हजार ४९५ मा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २८ सयले घटेर ३ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५ हजार ४९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५ हजार ५१५ मा कारोबार भएको थियो ।