विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमईको ‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ’ सेवा सुरु
ग्लोबल आईएमई बैंकले ‘नन् रेसिडेन्ट’ तथा ‘ओभरसिज’ बैंकिङ विभागको स्थापना गरी सञ्चालनमा ल्याएको छ । विदेशमा बसाेबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त विभागको सुरुवात गरेको हाे ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘नन् रेसिडेन्ट’ तथा ‘ओभरसिज’ बैंकिङ विभागको स्थापना गरी सञ्चालनमा ल्याएको छ । विदेशमा बसाेबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त विभागको सुरुवात गरेको हाे । बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे । नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्ने दाबी गरेको छ ।
बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउने जनाएको छ । बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउने जनाएको छ ।
विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।