इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
सुर्खेतमा १६ वर्षीय बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् "सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ । मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु" ।