सुन र चाँदी दुवैको मूल्य घट्यो, प्रतितोला कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।

काठमाण्डौ ।  हिजो बढेको सुनको मूल्य आज बिहीबार भने तोलामै २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । 

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।  

आज सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।