महालक्ष्मी विकास बैंकको दिगो वित्तीय अभ्यास प्रवर्द्धन कार्यक्रम सम्पन्न
‘सबल बैंक, सफल सहकार्य' नारालाई आत्मसात गर्दै ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८.५ लाख ग्राहक छन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन वार्षिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशाला आयोजना गरी पोखराको फेवाताल किनारमा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको वित्तीय अवस्था, हालैको सकारात्मक राजनीतिक तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट आउन सक्ने आर्थिक चुनौतीबारे समीक्षा गरिएको थियो । साथै दिगो वित्तीय अभ्यास र हरित बैंकिङ्गको आवश्यकता बारे सन्देश प्रवाह गर्न फेवाताल किनारमा पदयात्रा गरिएको हो ।
‘सबल बैंक, सफल सहकार्य' नारालाई आत्मसात गर्दै ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८.५ लाख ग्राहक छन् ।