शंकर पोखरेलको निर्वाचन खर्च १७ लाख ५० हजार
निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार उनले चुनावी प्रचारप्रसार तथा व्यवस्थापनका विभिन्न शीर्षकमा कुल १७ लाख ५० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा दाङ–२ बाट उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार उनले चुनावी प्रचारप्रसार तथा व्यवस्थापनका विभिन्न शीर्षकमा कुल १७ लाख ५० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।
खर्च विवरण अनुसार सबैभन्दा धेरै रकम सवारी साधनमा ३ लाख ५० हजार रुपैयाँ र सवारी इन्धन (घोडा प्रयोग गरिएको दाना समेत) मा ३ लाख रुपैयाँ खर्च गरिएको देखिन्छ । त्यस्तै प्रचारप्रसार सामग्रीमा १ लाख ५० हजार रुपैयाँ, ढुवानीमा १ लाख ५० हजार रुपैयाँ तथा गोष्ठी अन्तरक्रियामा १ लाख ५० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ । मतदाता नामावली खरिदका लागि ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी अन्य प्रचारप्रसार, छापा तथा विद्युतीय माध्यममा २ लाख रुपैयाँ, कार्यालय सञ्चालनमा १ लाख ५० हजार रुपैयाँ, प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ र विविध शीर्षकमा १ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ ।