सम्पत्ति शुद्धीकरण ऐन मिचेपछि तीन ब्रोकर कम्पनी धितोपत्र बोर्डको फन्दामा, तिरायो १ करोड १० लाख जरिवाना

धितोपत्र बोर्डले सिल्पा सेक्युरिटिजलाई ५० लाख, श्री कृष्ण सेक्युरिटिजलाई ३० लाख र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रूपैयाँ जरिवाना गरेको हो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण ऐन विपरित कारोबार गरेको आरोपमा तीन वटा ब्रोकर कम्पनीलाई १ करोड १० लाख रुपैयाँ जरिवाना लगाएको छ । 

बोर्डले सिल्पा सेक्युरिटिजलाई ५० लाख, श्री कृष्ण सेक्युरिटिजलाई ३० लाख र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रूपैयाँ जरिवाना गरेको हो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ को दफ ७ क को उपदफा ४ को खण्ड घ र दफा ७ ग को व्यवस्था उल्लंघन गरेको आरोपमा बोर्डले ति ब्रोकर कम्पनीलाई नगद जरिवाना लगाएको हो ।