डडेलधुरामा रास्वपाका ताराप्रसाद जोशी विजयी

डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको ‘किल्ला’ मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ । डडेलधुरामा रास्वपा का उम्मेदवार डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गर्दा नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरे ।