कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी, चौथोपटक बने सांसद
२३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।
कपिलवस्तु क्षेत्र नम्बर(३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । २३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।
नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ ल्याए । यस जीतसँगै शाहको संसदीय यात्रा चौथोपटक सुनिश्चित भएको छ । उनी यसअघि २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।