सर्लाही–२ मा रास्वपाका रविन महतो विजयी
सांसद निर्वाचित महतोले ४२ हजार ५१२ मत प्राप्त गरे । यादवले आठ हजार ५२३ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार डा. सरोज कुमारले सात हजार ३९ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रविन महतो विजयी भएका छन् । शनिबार (फागुन २३) सार्वजनिक अन्तिम मत परिणामानुसार उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार महेन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गरे ।
सांसद निर्वाचित महतोले ४२ हजार ५१२ मत प्राप्त गरे । यादवले आठ हजार ५२३ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार डा. सरोज कुमारले सात हजार ३९ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।